जुवातास खेलिरहेका १४ जना पक्राउ

हिमाल प्रेस १५ वैशाख २०८३ ११:४२ | Tuesday, April 28, 2026
16
SHARES
जुवातास खेलिरहेका १४ जना पक्राउ फाइल तस्बिर।

काठमाडौँ- कैलाली र कास्कीमा जुवातास खेलिरहेका १४ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१, शान्तिनगर बस्ने ३८ वर्षीय धर्वेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१५, टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका–१३, मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रासहित आठजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३२० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ।

प्रकाशित: १५ वैशाख २०८३ ११:४२ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast