काठमाडौँ- काठमाडौँ-१ मा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएका राजानन्द माण्डव्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्ने भएका छन्।
माण्डव्यले माघ ६ गते स्वतन्त्र उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए। उनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गरेको मिश्रको सचिवालयले जनाएको छ।
माण्डव्यले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो उम्मेदवारी फिर्ता लिँदै राप्रपाका उम्मेदवार मिश्रलाई समर्थन समेत गरेका छन्।
माण्डव्यले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को कुनै पनि सदस्य नरहेको बताउँदै मिश्र विजयी भएर संसद पुगेमा राष्ट्रिय पोशाकमै उपस्थित हुन आग्रहसमेत गरेका थिए।
प्रकाशित: २८ माघ २०८२ १२:५२ | Wednesday, February 11, 2026
प्रतिक्रिया


