कास्की-२ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १२:२४ | Tuesday, January 20, 2026
कास्की-२ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता

पोखरा- आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

पूर्व पत्रकारसमेत रहेका पौडेलले पार्टी सभापति रवि लामिछानेसँग सँगै काम गरिसकेका व्यक्ति हुन्। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कास्की-२ कुनै पनि दल वा व्यक्तिको किल्ला नभएको बताए।

उनले जनताको चाहना सुशासन र जवाफदेहितालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने बताए। ‘कास्की-२ का मतदाताले अब नयाँ विकल्प खोजिरहेका छन्,’ पौडेलले भने।

कास्की-२ लाई नेपाली राजनीतिमा प्रभावशाली निर्वाचन क्षेत्रका रूपमा लिइन्छ। यस क्षेत्रमा यसअघि स्वर्गीय रवीन्द्र अधिकारी तथा उनकी पत्नी विद्या भट्टराई निर्वाचित हुँदै आएका थिए।

प्रकाशित: ६ माघ २०८२ १२:२४ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast