निर्वाचन आयोगमा शेखरले भने- हामी नै आधिकारिक कांग्रेस हौं

हिमाल प्रेस २ माघ २०८२ ११:४३ | Friday, January 16, 2026
निर्वाचन आयोगमा शेखरले भने- हामी नै आधिकारिक कांग्रेस हौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला। फाइल तस्बिर।

काठमाडौँ-  काठमाडौँ नेपाली कांग्रेस (शेरबहादुर देउवा) का नेता डा.शेखर कोइरालाले निर्वाचन आयोगमा पुगेर सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको बताउँदै आधिकारिक आफूहरू नै रहेको बताएका छन्।

कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको पनि बताए। ‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ,’ कोइरालाले भने।

उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा पनि संस्था हेर्न आग्रह गरेका थिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरेका थिए।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नहुने बताएका छन्।

प्रकाशित: २ माघ २०८२ ११:४३ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast