अस्पतालबाट डिस्चार्ज भए रवि

हिमाल प्रेस १५ माघ २०८२ २०:३२ | Thursday, January 29, 2026
14
SHARES
अस्पतालबाट डिस्चार्ज भए रवि फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनको देब्रे खुट्टामा लागेको चोट लागेको र औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएकाले माघ १३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए।

अस्पतालका अनुसार नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार गरिएको थियो। अहिले स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो।

सामाजिक सञ्चालनमा भेटिएका लामिछानेका तस्बिरहरू सो अस्पतालको नरहेको पनि अस्पतालले स्पष्ट पारेको छ। लामिछाने अस्पताल भर्ना भएपछि सामाजिक सञ्जालमा एआईबाट बनाइएका तस्बिरहरू पोस्ट् भएका थिए।

माघ ५ गते जनकपुरमा भएको कार्यक्रममा खुट्टामा सामान्य चोट लागेको लामिछानेको सचिवालयले जनाएको छ।

प्रकाशित: १५ माघ २०८२ २०:३२ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast