काठमाडौँ- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)ले पूर्वशिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने भएको छ।
मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई समर्थन गर्ने उनेपाले जनाएको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि पुनलाई समर्थन गर्ने जनाएको थियो। रास्वपाका उम्मेदवार युवराज रोकाले पुनलाई समर्थन गर्ने जनाएका थिए। पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचन लड्दै छन्।
प्रकाशित: ११ माघ २०८२ ८:३२ | Sunday, January 25, 2026
प्रतिक्रिया




