आईसीसी वुमन्स टी २० विश्वकप विश्व छनोट : नेदरल्यान्ड्सले नेपाललाई २ झिनो रनले हरायो

हिमाल प्रेस ८ माघ २०८२ १२:३५ | Thursday, January 22, 2026
6
SHARES
आईसीसी वुमन्स टी २० विश्वकप विश्व छनोट : नेदरल्यान्ड्सले नेपाललाई २ झिनो रनले हरायो

काठमाडौँ- आईसीसी वुमन्स टी २० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो।

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १३८ रन मात्र जोड्न सक्यो। खेलमा अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन चाहिएको थियो। रुबिना क्षेत्री र सीता राना मगरको जोडीले सुरुवाती पाँच बलमा चार मात्र जोड्न सके। अन्तिम बलमा छक्का भएको अवस्थामा स्कोर बराबरी हुने अवस्थामा रुबिना क्षेत्रीले चौका प्रहार गर्न सकिन्।

नेपालका लागि रुबिनाले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। सीताले पनि १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै नटआउट २७ रन जोडिन्।

त्यसअघि बिन्दू रावालले १८ रन र सम्झना खड्काले १४ रन बनाएका थिए। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा १४० रन जोडेको थियो। उसका लागि बाबेटे लिडेले ४९ रन बनाइन्। स्टेरी कालिसले ३० रन बनाइन्।

बलिङमा नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन् भने सुमन विष्ट, पूजा महतो र रिया शर्माले १-१ विकेट लिए। यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डसँग पराजय भोगेको थियो। प्रतियोगितामा दश टोली छन् भनेशीर्ष चार टोली सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा हुने टी २० विश्वकपमा पुग्नेछन्।

समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। छनोटमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्ड र वेल्समामा सन् २०२६ को जुनमा हुने महिला टी २० विश्वकपमा छनोट हुनेछन्।

समूहमा शीर्ष तीन तीन टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सबाट शीर्ष चार टोली विश्वकपमा पुग्नेछन्। आजको हारले नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना पनि कमजो बनेको छ।

प्रकाशित: ८ माघ २०८२ १२:३५ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast