एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

हिमाल प्रेस ९ माघ २०८२ ८:३६ | Friday, January 23, 2026
10
SHARES
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ गरेको छ।

केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ।

कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाइ गर्नुपर्ने केन्द्रले जनाएको छ। त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ।

पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ। केन्द्रले एक करोड ९८ हजार २०० थान नमुना मतपत्र आयोगमा पठाएको छ।

प्रकाशित: ९ माघ २०८२ ८:३६ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast