आहुतीका १३ नेता नेकपामा

हिमाल प्रेस १७ माघ २०८२ ११:०६ | Saturday, January 31, 2026
24
SHARES
आहुतीका १३ नेता नेकपामा

काठमाडौँ- वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता–कार्यकर्ताको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने छन् ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनारलगायत नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने छन् ।

यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपालीसहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने कार्यक्रम रहेको छ ।उहाँहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्ने छन्।

प्रकाशित: १७ माघ २०८२ ११:०६ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast