संसद् विघटन : कांग्रेस पूर्वसांसदहरूको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

हिमाल प्रेस २ पुष २०८२ १४:५९ | Wednesday, December 17, 2025
संसद् विघटन : कांग्रेस पूर्वसांसदहरूको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसदहरूले संसद् विघटनविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। संवैधानिक इजलासले आज (बुधबार) सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित ८ सांसदले दायर गरेको रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखला२ विपक्षी बनाइएको छ।

रिटमा उनीहरूले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबी गर्दै निर्वाचनका सबै गतिविधि रोक्न माग गरेका छन्। साथै संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिको नाममा परमादेश माग गरिएको छ।

केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ सरकार गठन नगरी सुशीला कार्कीलाई गैरसंवैधानिक रुपमा नियुक्त गरिएको उनीहरूको दाबी छ। कार्कीको नियुक्ति, शपथ तथा प्रतिनिधिसभा विघटनसमेत बदर गर्न माग गरिएको छ।

प्रकाशित: २ पुष २०८२ १४:५९ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast