योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

हिमाल प्रेस १ पुष २०८२ १७:३० | Tuesday, December 16, 2025
योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ- राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उपाध्यक्ष श्रेष्ठले शपथ लिएका हुन्।

त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ लिइन्। शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।

उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिइन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो।

प्रकाशित: १ पुष २०८२ १७:३० | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast