सरकारी संवाद समिति दलहरूको कार्यालयमा

हिमाल प्रेस ८ पुष २०८२ १५:२१ | Tuesday, December 23, 2025
सरकारी संवाद समिति दलहरूको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘जेनजी’ प्रदर्शनमा क्षति भएको सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालय मंगलबार अवलोकन गर्दै। तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ- सरकारद्वारा गठित राजनीतिक संवाद समितिले कोटेश्वर पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गरेको छ।

गत भदाै २३ र २४ गते जेनजी आन्दोलनका बेला राजनीतिक दलका कार्यालयमा भएको क्षतिको अवलोकन गर्न निस्किएको संवाद समिति अनुगमनका क्रममा मंगलबार नेकपा कार्यालय पुगेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको तीन सदस्यीय राजनीतिक संवाद समितिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गरेको हो।

यसअघि उक्त समितिले सानेपास्थित नेपाली कांग्रेस कार्यालय र च्यासलस्थित नेकपा एमालेको कार्यालय अनुगमन गरेको थियो।

प्रकाशित: ८ पुष २०८२ १५:२१ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast