वैकल्पिक शक्तिबीच एकतापछि सोबिता गौतमले भनिन् : नीलो क्रान्तिका सर्वोच्च कमाण्डर रवि लामिछानेप्रति उच्च सम्मान

हिमाल प्रेस १५ पुष २०८२ ६:४२ | Tuesday, December 30, 2025
वैकल्पिक शक्तिबीच एकतापछि सोबिता गौतमले भनिन् : नीलो क्रान्तिका सर्वोच्च कमाण्डर रवि लामिछानेप्रति उच्च सम्मान

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सोबिता गौतमले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहमतिलाई राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयासको रुपमा अर्थ लगाएकी छिन्।

सोमबार कुलमान घिसिङसँग भएको सहमतिपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्।

‘दशकौँ देखि सीमित नेताहरूले नियन्त्रण गरेको राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयास,’ रवि, बालेन र कुलमानसहितको तस्बिर सेयर गर्दै उनले भनेकी छिन्। उनले अघि भनेकी छिन्, ‘यस प्रयासका लागि नीलो क्रान्तिका सर्वोच्च कमाण्डर रवी लामिछानेप्रति उच्च सम्मान।’

 

प्रकाशित: १५ पुष २०८२ ६:४२ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast