पार्टी उपाध्यक्ष पक्राउपछि हर्क साम्पाङले भने : दोषी ठहर हुन्छ भने बचाउ गर्दैनौँ

हिमाल प्रेस २ पुष २०८२ ८:०६ | Wednesday, December 17, 2025
पार्टी उपाध्यक्ष पक्राउपछि हर्क साम्पाङले भने : दोषी ठहर हुन्छ भने बचाउ गर्दैनौँ

काठमाडौँ- सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पक्राउ परेका उपाध्यक्ष राजकुमार तामाङ लामा दोषी ठहरिए बचाउको प्रयास नगर्ने बताएका छन्। सो पार्टी उपाध्यक्ष लामालाई मंगलबार कपनबाट सीआईबीले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरेको थियो।

उपाध्यक्ष पक्राउ परेपछि अध्यक्ष साम्पाङले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाउको प्रयास गर्ने छैनौँ। तर निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुने नै छ। जय माटो,जय देश।’

प्रकाशित: २ पुष २०८२ ८:०६ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast