राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह।
काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिएको छ। सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी देशहरूलाई गाली गरेको भन्दै युवा संघले बालेनविरुद्ध जाहेरी दिएको हो।
जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरी सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरिएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए। जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको उनले बताए।
बालेनले केही दिन अघि अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस फेसबुकमा राखेका थिए। स्टाटसको आलोचना भएपछि बालेनले फेसबुकबाट हटाएका थिए।




