एकल चुनाव चिह्नका साथ चुनाव लड्ने तीन दल आयोगमा दर्ता

हिमाल प्रेस १० मंसिर २०८२ १७:१२ | Wednesday, November 26, 2025
56
SHARES
एकल चुनाव चिह्नका साथ चुनाव लड्ने तीन दल आयोगमा दर्ता

काठमाडौँ- एकल चुनाव चिह्न लिई भाग लिने तीन राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक चुनाव चिह्नका साथ भाग लिनेगरी तीन राजनीतिक दल आयोगमा दर्ता भएको हो।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र रेशम चौधर नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने गरी दर्ता भएको हो।

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एक चुनाव चिह्न लिई निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता भएको जानकारी दिए।

उनले नागरिक उन्मुक्ति पार्टी नेपालको हाल कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न लिएर चुनावमा भाग लिने गरी दर्ता भएको बताए।

आइतबार बसेको तीन दलका नेताहरूको बैठकमा एकल चुनाव चिह्नका साथ चुनाव लड्ने सहमति भएको थियो। तीन दलबीच भएको सहमतिअनुसार उनीहरूले बुधबार निर्वाचन आयोगमा दल दर्ता गराएका हुन्।

प्रकाशित: १० मंसिर २०८२ १७:१२ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast