अनलाइन ड्राइभिङ लाइसेन्स आवेदन र नवीकरण बन्द

हिमाल प्रेस २८ कार्तिक २०८२ ११:२७ | Friday, November 14, 2025
18
SHARES
अनलाइन ड्राइभिङ लाइसेन्स आवेदन र नवीकरण बन्द

काठमाडौँ- यातायात व्यवस्था विभागले आफ्नो सूचना प्राविधि प्रणाली अस्थायी रूपमा बन्द रहने जानकारी दिएको छ।

विभागको मीनभवनस्थित डेटा सेन्टरमा प्राविधिक समस्या देखिएको कारण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा applydlnew.dotm.gov.np प्रणाली २०८२ कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्र संचालनमा रहेको थियो।

विभागका अनुसार समस्या समाधान नभएकाले यी प्रणालीहरू आजदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्म पूर्णतः बन्द रहने छन्।

प्रणाली अवरुद्ध भएपछि अनलाइन सेवामार्फत ड्राइभिङ लाइसेन्सका विभिन्न कार्यहरू प्रभावित हुने विभागले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ ११:२७ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast