गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्चले दिएको आदेश आश्चर्यजनक : सुमन

हिमाल प्रेस ७ भदौ २०८२ १७:३०
12
SHARES
गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्चले दिएको आदेश आश्चर्यजनक : सुमन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतले दिएको आदेश आफैँमा आश्चर्यजनक रहेको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले घटनासँग सरोकार राख्ने कुनै पनि पक्षसँग सोधखोज नै नगरी घटना छानविनका लागि आदेश दिइएको बताए।

२०६३ साल चैत ७ गते गौर हत्याकाण्ड भएपछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मी, पाटन उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा, मानव अधिकार आयोग, तत्कालीन समयमा नेपालका क्रियाशील अनमिनलगायतले छानविन गरेको उनले बताए। तर, अधिकांश रिपोर्टहरुलाई गोप्य राखिएको उनको भनाइ छ।

उनले गौर हत्याकाण्ड हुनुमा माओवादीमा रहेको जनसेनाको धङ्धङ्गी र उन्माद प्रमुख रहेको आरोप लगाए।

उनले गौर हत्याकाण्डको बारेमा विभिन्न छानविन समितिले तयार पारेको रिपोर्ट लुकाएर अदालतलाई नै दीग्भ्रमित पार्ने काम भएको जिकिर गरे। रिपोर्ट लुकाइएकै कारण गौर हत्याकाण्डको क्रममा मृत्युभएका २७ जना र १५० जनाभन्दा बढी घाइतेहरुले न्याय नपाएको सुमनले बताए।

जसपा नेपालले भूमिसम्बन्धी विधेयकको विरोधमा आगामी सोमबार देशभर विरोध कार्यक्रम आयोजना गरेको पनि उनले जानकारी दिए। सुमनले राष्ट्रियसभामा भूमिसम्बन्धी विधेयक पारित हुन नदिने चेतावनी दिए।

प्रकाशित: ७ भदौ २०८२ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast