
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले उक्त तीन खेलको शृंखला आगामी सेप्टेम्बरमा यूएईमा आयोजना हुने जानकारी दिएको छ।
क्यानका अनुसार नेपाल र वेस्ट इन्डिजबीचको शृंखला सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको सारजहा क्रिकेट स्टेडियममा हुनेछ। पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध नेपालले द्विपक्षीय टी-२० शृंखला खेल्न लागेको हो, जसलाई ऐतिहासिक उपलब्धि मानिएको छ।
नेपालले पछिल्ला वर्षहरूमा टी-२० क्रिकेटमा उल्लेख्य प्रगति गर्दै आएको छ। वेस्ट इन्डिजजस्तो दुई पटकको टी-२० विश्वकप विजेता टोलीसँगको शृंखलाले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव सँगाल्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।