बंगलादेशले पाउँदै आएको ‘ट्रान्सशिपमेन्ट’ सुविधा भारतले लियो फिर्ता, नेपाललाई असर नपर्ने

हिमाल प्रेस २७ चैत २०८१ २१:०६
64
SHARES
बंगलादेशले पाउँदै आएको ‘ट्रान्सशिपमेन्ट’ सुविधा भारतले लियो फिर्ता, नेपाललाई असर नपर्ने

काठमाडौँ- भारतले बंगलादेशलाई दिँदै आएको ‘ट्रान्सशिपमेन्ट’ सुविधामा रोक लगाएको छ। बंगलादेशले पाउँदै आएको ‘ट्रान्सशिपमेन्ट’ मा मंगलबारदेखि रोक लगाइएको भारतको विदेश मन्त्रालयले जनाएको हो।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आफूहरूको विमानस्थल र बंदरगाहमा अत्याधिक भीड लाग्ने गरेकाले यो सुविधामाथि रोक लगाउने निर्णय भएको जानकारी दिएका छन्।

‘बंगलादेशलाई दिइएको ट्रान्सशिपमेन्ट सुविधाका कारण पछिल्लो समय हाम्रो विमानस्थल र बन्दरगाहहरूमा भीड बढेको थियो,’ उनले भने,‘लौजिस्टिक ढिलाई र उच्च लागत हाम्रै निर्यातलाई प्रभावित गरिरहेको थियो। त्यसैले यो सुविधा फिर्ता लिइएको छ।’

बंगलादेशलाई दिइएको सुविधा फिर्ता लिए पनि यो निर्णयले बंगलादेशबाट नेपाल र भुटानमा भइरहेको निर्यातमा कुनै असर नपर्ने भारतीय विदेश मन्त्रालयले प्रस्ट पारेको छ।
बंगलादेशबाट नेपाल र भुटानका लागि हुने निर्यात भारतबाटै हुने विदेश मन्त्रालयले जनाएको छ।

बंगलादेशले कैयौँ देशलाई आफ्नो सामान निर्यात गर्दै आएको छ जसमध्ये कतिपय मुलुकको निर्यात भारत हुँदै आएको छ। अहिलेसम्म भारतले बंगलादेशलाई यो स्वीकृति दिएको थियो तर पछिल्लो समय यो सुविधा फिर्ता लिएको हो।

प्रकाशित: २७ चैत २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast