विद्यार्थी संगठनबीचको तिक्तता, त्रिचन्द्रमा रोकियो स्ववियु निर्वाचन

हिमाल प्रेस ५ चैत २०८१ ८:११
12
SHARES
विद्यार्थी संगठनबीचको तिक्तता, त्रिचन्द्रमा रोकियो स्ववियु निर्वाचन

काठमाडौँ- त्रिचन्द्र क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा स्थगित भएको छ।

सोमबार निर्वाचन अधिकृत डा अंगदमणी गौतमले एक सूचना जारी गर्दे चैत ५ गतेका लागि तय भएको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

सबै उम्मेदवार र प्रतिनिधिहरूसँगको छलफल र परामर्शपछि निर्वाचनको मिति तय हुने गौतमले जानकारी गराएका छन् । क्याम्पसको गेटमा भएको तालाबन्दीका कारण परिस्थिति असहज भएको सूचनामा जनाइएको छ।

नेविसंघका केन्द्रीय सदस्य बिनोद देउवा ठकुरीले निर्वाचन स्थगित भएपछि निर्वाचनको नयाँ मिति तत्काल तोकिनुपर्ने माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन, ‘१६ वर्षपछि हुन लागेको निर्वाचनलाई ‘ईगो’ को लडाइँ बनाउनेहरूलाई बधाई छ। क्षणिक खुसीले विद्यार्थीको भविष्यलाई असर पार्छ।’

प्रकाशित: ५ चैत २०८१ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast