प्रमुख दलका नेताहरूको संयुक्त भ्रमणले महोत्तरीमा उत्साह

हिमाल प्रेस २३ फागुन २०८१ ९:५६
18
SHARES
प्रमुख दलका नेताहरूको संयुक्त भ्रमणले महोत्तरीमा उत्साह प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरीको गौशला नगरपालिका–१, रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज प्रालिको अवलोकन गर्दै। दुई अर्बभन्दा बढी लगानी रहेको यस उद्योगले ३०० जनाभन्दा बढीलाई रोजगारी दिएको छ। तस्बिर : रासस

महोत्तरी‍- प्रमुख दलका तीन नेताहरूको एकै दिन महोत्तरीमा भएका कार्यक्रममा उत्साहको माहोल बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको आर्थिक विकास र समृद्धिका बारेमा चर्चा गरेका छन्।

‘तीनै नेताले यहाँका आवश्यकताबारे बोल्नुभयाे जसले जनतामा आशा र उत्साह थपेको छ’ बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने।

माओवादी अध्यक्ष दाहालले सुक्खा बन्दरगाहको विषयमा उत्साह व्यक्त गर्दै यसको लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्। प्रमुख मन्त्रीहरूसहितका नेताहरूको सहभागिताले महोत्तरीका मुद्दाहरूलाई केन्द्र र प्रदेश सरकारसम्म पुर्‍याएको डा. दीपेन्द्र महतोको भनाइ छ।

प्रधानमन्त्री ओली र दाहाल कार्यक्रम सकेर फर्किए पनि सभापति देउवा मनराशिशवामा आगामी कार्यक्रमको लागि उपस्थित हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast