हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हिमाल प्रेस ४ फागुन २०८१ १६:४९
10
SHARES
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ– रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ।

औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निजी सचिवालयले आइतबार जनाएको छ।

अब महासंघबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले जारी गरेको प्रेसनोटमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन्। विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता बिरामी पाँच हजार रहेका अनुमान गरेको छ।

विसं २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ।

प्रकाशित: ४ फागुन २०८१ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast