रोल्पामा अटो दुर्घटना, एकको घटनास्थलमै निधन

हिमाल प्रेस ३० माघ २०८१ ७:०४
6
SHARES
रोल्पामा अटो दुर्घटना, एकको घटनास्थलमै निधन

काठमाडौँ- रोल्पामा अटो दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते छन्। मंगलबार भएको दुर्घटनामा रुन्टीगढी गाउँपालिका वडा नम्बर २ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी वडा नम्बर १ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन्। उनीहरू दुवैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

दुबै जनाको जिल्लाकै अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ३० माघ २०८१ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast