यस्तो छ अञ्जिला’ को टिजर

हिमाल प्रेस २९ माघ २०८१ १६:०६ | Tuesday, February 11, 2025
यस्तो छ अञ्जिला’ को टिजर

काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरबाट निस्कन गरेको संघर्षदेखि कप्तानसम्मको कथा देखाइएको छ।

टिजरमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा देखिएका छन्। फुटबलको विपक्षमा बुवा र पक्षमा आमा छन्।

एक खेलाडीको संघर्षको कथामा आधारित फिल्म आगामी फागुन २९ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा अन्य कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन्।

फिल्मको निर्मातामा प्रेम कुमार श्रेष्ठ छन्। फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा, र काठमाडौँमा गरिएको छ। फिल्म सुदीप बरालले छायांकन र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्।

 

प्रकाशित: २९ माघ २०८१ १६:०६ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast