महिला टी-२० शृंखला : नेपालले दियो थाइल्यान्डलाई ८२ रनको लक्ष्य

हिमाल प्रेस २५ माघ २०८१ १४:२२
12
SHARES
महिला टी-२० शृंखला : नेपालले दियो थाइल्यान्डलाई ८२ रनको लक्ष्य

काठमाडौँ- महिला टी–२० शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ। कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन्।

नेपालले निर्धाति २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो। नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन्।

बलिङतर्फ थाइल्यान्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन्। थाइल्यान्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पराजित भएको छ। यसअघि नेपाल नेदरल्यान्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो।

थाइल्यान्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो। यस्तै थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो।

आज नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनीषा उपाध्याय, सिता राना मगर र रचना चौधरी छन्। राजमतीले प्रतियोगितामा आजको खेलबाट डेब्यु गरेकी हुन्।

प्रकाशित: २५ माघ २०८१ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast