काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले बन्द तथा समायोजन भएका विद्यालयको विवरण पठाउन सबै स्थानीय तहलाई पत्रचार गरेको छ। केन्द्रले सोमबार विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरेको हाे।
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (Integrated Educational Management Information System – IEMIS) मा विद्यालयको IEMIS कोड कायम भएका तर हाल विद्यार्थीको लगायतका अन्य विवरण नभएका विद्यालयको सूची केन्द्रको वेबसाइटमा प्रकाशन गरिएको छ।
उक्त सूचीमा रहेका र बन्द तथा समायोजनका कारणले सञ्चालनमा नरहेका विद्यालयहरूको विवरण माघ मसान्तसम्म ताेकिएको ढाँचामा इमेल [email protected] मा पठाइदि अनुरोध गरिएको छ।
ढाँचा
प्रकाशित: २२ माघ २०८१ १५:४१
प्रतिक्रिया