काठमाडौँ- बेलायतका राजकुमार एडवार्ड करिब एक साताको निजी भ्रमणका लागि मंगलबार काठमाडौँ आएका छन्। आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड मंगलबार दिउँसो दिल्लीबाट काठमाडौँ आएका हुन्।
राजकुमारी सोफिया भने मंगलबार बिहान लन्डनबाट नेपाल आएकी छन्। नेपाल भ्रमणका क्रममा काठमाडौँका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी हुने र त्यसपछि पोखरा जाने तय भएको छ। राजकुमार दम्पती आगामी आइतबार स्वदेश फर्किने भ्रमण तालिका छ । एडवार्ड बेलायती राजा चार्ल्सका कान्छा भाइ हुन्।
प्रकाशित: २२ माघ २०८१ १४:४९
प्रतिक्रिया