तराईमा हुस्सु, हवाई उडानमा असर गर्ने सम्भावना

हिमाल प्रेस १९ माघ २०८१ ६:२०
6
SHARES
तराईमा हुस्सु, हवाई उडानमा असर गर्ने सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

आज कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १९ माघ २०८१ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast