पोखरा-जामुने खण्डमा २८ किमी कालोपत्र

हिमाल प्रेस १७ माघ २०८१ १३:२६
10
SHARES
पोखरा-जामुने खण्डमा २८ किमी कालोपत्र

पोखरा- पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा-जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ। आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ।

‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ।’

तनहुँमा २०.८ किमी र कास्कीमा १८.०८ किमी सडक कालोपत्र भइसकेको छ। चार लेन दुवैतर्फ तनहुँमा १०.०८ र कास्कीमा ४.३९ किमी र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमी र कास्कीमा ६.०७किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए।

तनहुँमा २.७४ किमी र कास्कीमा ७.६२ किमी गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले वि.सं.२०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो।

प्रकाशित: १७ माघ २०८१ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast