काठमाडौँ- जापानी राजदूतावास र जापान फाउन्डेसनको संयुक्त आयोजनामा जापानी फिल्म फेस्टिभल २०२५ हुने भएको छ।
आयोजकले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै काठमाडौँ र पोखरामा फेस्टिभल हुन लागेको जानकारी दिएको हो। आयोजकका अनुसार फेस्टिभल यही ३१ माघ र फागुन १ मा काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा हुनेछ। फागुन ७ र ८ मा पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघमा हुँदैछ।
पोखरा र काठमाडौँमा गरी चार दिन चल्ने फेस्टिभलमा १० जापानीज फिल्म देखाइने विज्ञप्तिमा उल्लेख छ। काठमाडौँमा ‘ब्रेभ फादर अनलाइन: आवर स्टोरी अफ फाइनल फन्टासी XIV’, ‘आईटीओ’, ‘ड्रिमिङ अफ द मेरिडियन आर्क’, ‘लु ओभर द वाल’, र ‘द फिश टेल’ देखाइनेछ।
त्यस्तै, पोखरामा ‘तकानाे ताेफु’, ‘हाेयर आइ बिलङ’, ‘एन्ड साे द बटाेन इज पास्ड’, ‘कि अफ लाइफ’ र ‘द लाइन द् याट डिफाइन मि’ देखाइनेछ। फेस्टिभलमा प्रवेश निःशुल्क छ।