सशस्त्र प्रहरीद्वारा वीरगन्जमा छापा हानेर ५० लाखबढीको सामान बरामद

हिमाल प्रेस १४ माघ २०८१ १७:१८
20
SHARES
सशस्त्र प्रहरीद्वारा वीरगन्जमा छापा हानेर ५० लाखबढीको सामान बरामद

काठमाडौँ- सशस्त्र प्रहरीले वीरगन्जबाट ५० लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

भन्सार छलेर नेपाल ल्याइएका ५० लाख ९३ हजार ७ हजार रूपैयाँ मूल्य बराबरको लत्ताकपडा तथा हार्डवयेरका सामान सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो।

वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित गोदाममा अवैध रूपमा रािखएका सामानहरू छापामारी बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अवैध रूपले गोदाम गरी राखिएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोली यी सामान बरामद गरेको उनले बताए।

बरामद गरिएको सामानमध्ये ४९ लाख ७२ हजार २ सय रूपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रूपैयाँ बरारबको हार्डवेयरका सामान रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगन्जमा बुझाएको छ।

प्रकाशित: १४ माघ २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast