एउटै जिल्लाबाट ३३ करोड ४६ लाखको सुन्तला बिक्री

हिमाल प्रेस १३ माघ २०८१ ९:३०
एउटै जिल्लाबाट ३३ करोड ४६ लाखको सुन्तला बिक्री म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक पदमबहादुर खत्री बगेँचाबाट टिपेर आँगनमा संकलन गरेको सुन्तलाको थुप्रोमा ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै। खत्रीले यस वर्ष २० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गरेका छन्। तस्बिर : रासस

म्याग्दी- जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन वृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भसकेको छ।

उनका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो। यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट २४ करोड रुपैयाँ भित्रिएको थियो।

जिल्लामा आठ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकामा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ। बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र छ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ।

जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ।

किसानको बगैँचाबाट प्रतिकिलो ६० देखि एक सय २० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन्। दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए।

जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ। रासस

प्रकाशित: १३ माघ २०८१ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast