‘जन्ते बाख्रो’ को शुभ मुहूर्त, पुस २० देखि छायांकन

हिमाल प्रेस १२ पुष २०८१ १६:३७ | Friday, December 27, 2024
‘जन्ते बाख्रो’ को शुभ मुहूर्त, पुस २० देखि छायांकन

काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त गरिएको छ। कमलादीस्थित गणेश मन्दिरमा शुक्रबार शुभ मुहूर्त गरिएको हाे।

यही पुस २० देखि फिल्मकाे छायांकन सुरु गरिने निर्देशक सुनुवारले बताए। फिल्म हरि हुँमागाईले छायाकंन गर्नेछन्। बेहुली भित्र्याएपछि जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। फिल्मको कथावस्तु यही पेरिफेरीमा रहेको अनुमान गर्न सकिन्छ।

फिल्ममा सौगात मल्ल र गरिमा शर्मा मुख्य भूमिकामा देखिन छन। गरिमाले पहिलोपटक मुख्य भूमिकामा देखिन लागेकी हुन्। ‘लण्डन टु पेरिस’बाट नेपाली फिल्ममा डेब्यु गरेकी गरिमाले ‘ह्रस्व दीर्घ’ र ‘वर एण्ड वधु’मा सहायक कलाकारको रुपमा अभिनय गरिसकेकी छन्। यो उनको चौथो फिल्म हो।

कमेडी कथावस्तु रहेको फिल्ममा अन्य कलाकार आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय रहनेछ। फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा निर्माता सन्तोष गौतम हुन्।

प्रकाशित: १२ पुष २०८१ १६:३७ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast