काठमाडौँ- डिजिटल वालेट आईएमई पेले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ।
पुस ५ देखि १७ गतेसम्म १३ दिनको लागि चल्ने अफरमा सेवाग्राहीले आईएमई पे मार्फत आन्तरिक हवाइ टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक शतप्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन्।
अफरभर हरेक दिन आईएमई पेबाट आन्तरिक हवाइ टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मूल्यको शतप्रतिशत क्यासब्याक जित्ने मौका रहेको कम्पनीले जनाएको छ।
विजेताहरू दैनिक लक्की ड्रमार्फत छानिने कम्पनीको भनाइ छ।
प्रकाशित: ५ पुष २०८१ १७:२३
प्रतिक्रिया