‘किफ’ को दोस्रो संस्करण फागुन २४ देखि

हिमाल प्रेस २४ मंसिर २०८१ १३:५१
10
SHARES
‘किफ’ को दोस्रो संस्करण फागुन २४ देखि

काठमाडौँ- कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभल (किफ) को दोस्रो संस्करण आगामी फागुन २४ देखि सुरु हुने भएको छ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुनेछ।

कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई महोत्सवमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य लिइएको महोत्सवका निर्देशक चन्दले बताए।

यसवर्ष महोत्सवले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ समेत आयोजना गर्ने भएको छ। महोत्सवमा फिल्म प्रदर्शन, कार्यशाला, छलफल तथा अन्तक्रिया कार्यक्रमसहित पुरस्कार वितरणजस्ता गतिविधिसमेत हुनेछ।

आयोजकका अनुसार चैत १६ मा काठमाडौँको नेपाल पर्यटन बोर्डमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोहको घोषणा गरिएको छ भने चैत ३० मा मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ।

आयोजकले महोत्सवको सद्भावना दूतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई नियुक्त गरेको छ। प्रदीपले ‘प्रकाश’ र सुरक्षाले ‘बुलाकी’ मा कर्णाली क्षेत्रको पात्रमा अभिनय गरेका थिए। त्यसैले उनीहरुलाई महोत्सवको सद्भावना दूतमा नियुक्त गरिएको आयोजकले जनाएको छ। महोत्सव रेड चेरी मिडियाको आयोजनामा हुन लागेको हो।

प्रकाशित: २४ मंसिर २०८१ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast