भरतपुरमा प्रहरी र रविका समर्थकबीच धकेलाधकेल

हिमाल प्रेस १८ मंसिर २०८१ १३:२०
26
SHARES
भरतपुरमा प्रहरी र रविका समर्थकबीच धकेलाधकेल

काठमाडौँ- सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। उनलाई मंगलबार काठमाडौँबाट चितवन लगिएको हो। चितवन पुर्‍याइएलगत्तै बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ। चितवनस्थित सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई उनलाई चितवन लगिएको हो।

उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ। हिनामिना भएको रकममध्ये १० करोड ८० लाख गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरी अनुसन्धानमा उल्लेख छ।
लामिछानेलाई चितवन लैजाँदा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने रविका समर्थक विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो।

चितवन सहारा सहकारीको रकम अपचलनका विषयमा पीडितहरुले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए। मंसिर ७ गते चितवनमा रविबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

सहकारी प्रकरणमा मुछिएका लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। त्यसपछि पोखरा लगिएका उनलाई रूपन्देही लगेर पनि बयान लिइसकिएको छ।  पोखराबाट बिहीबार काठमाडौँमा ल्याएर बयान सकी उनलाई चितवन लगिएको हो।

प्रकाशित: १८ मंसिर २०८१ १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast