कविता

देशको परिचय यस्तो होस्

शोभा खतिवडा १३ पुष २०८१ ८:४४ | Saturday, December 28, 2024
2
SHARE
देशको परिचय यस्तो होस्

पुरातात्त्विक महत्त्व बोकी झल्किएको गाउँ होस्!
मेरो देश अति नै उत्कृष्ट कानुन सम्मत ठाउँ बनोस्!
कर्म लिई आएका थ्यौँ सत्कर्म लिई जान सकियोस्
मेरो जन्मभूमि विश्वभरि समुन्नत नामले चिनियोस्!!

मेचीदेखि कालीसम्म विकासको मूल फुटोस्!
देशको हरेक पाटोमा अन्न, धन्नको फूल फुलोस्!
एकता र सद्भावको मूल सूत्रमा नेपाली बाँधियोस्!
मेरो जन्मभूमि विश्वभरि समुन्नत नाउँले चिनियोस्!!

सभ्यता र संस्कृति हाम्रो ठूलो पहिचान बनोस्!
चार जात, छत्तीस वर्णको यो फूलबारी बनोस्!!
माटोबाट उठेर युवा अन्तरिक्षलाई पनि चुमोस्!
मेरो जन्मभूमि विश्वभरि समुन्नत नाउँले चिनियोस्!!

ज्ञान र विज्ञान हरेक मानिसको गहना नै बनोस्!
सभ्यता र अनुशासन हरमानिसको सान बनोस्!
तेरोमेरो नभनी हाम्रो भन्ने नै सबैको बानी बसोस्!!
मेरो जन्मभूमि विश्वभरि समुन्नत नाउँले चिनियोस्!!

देशको पुलिस प्रशासन सेना शिक्षक सबै मिलोस्!
पारिवारिक एकता र संस्कृतिको देश हब बनोस्!
वेदका ध्वनि ऋचा धर्म र पर्यटनको थलो बनोस्!
मेरो जन्मभूमि विश्वभरि समुन्नत नामले चिनियोस्!!

प्रकाशित: १३ पुष २०८१ ८:४४ | Saturday, December 28, 2024

प्रतिक्रिया

One thought on “देशको परिचय यस्तो होस्

Leave a Reply to A. Pokhrel Cancel reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast