काठमाडौँविरुद्ध विराटनगर ११७ रनमा अलआउट

हिमाल प्रेस ३० मंसिर २०८१ १०:४७ | Sunday, December 15, 2024
काठमाडौँविरुद्ध विराटनगर ११७ रनमा अलआउट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरका त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९.५ ओभरमा ११७ रनमा अलआउट भएको हो। विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाए। दीपक बोहराले भने २० रन बनाए।

काठमान्डुका लागि गेहार्ड इरास्मसले ३, दीपेश कंडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए।

*शीर्षक सच्याइएको

प्रकाशित: ३० मंसिर २०८१ १०:४७ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast