जसपाले आफ्नो वैचारिक अवधारणालाई जनतामाझ प्रस्तुत गर्ने

हिमाल प्रेस १० मंसिर २०८१ ६:४६ | Monday, November 25, 2024
जसपाले आफ्नो वैचारिक अवधारणालाई जनतामाझ प्रस्तुत गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक एवं जनतामाझ प्रस्तुत कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो।

बैठकले पार्टीको चार महिने संगठन निर्माण अभियानअन्तर्गत संगठन निर्माण अभियानको समीक्षा गर्दै अभियानको सुरुवात उपलब्धीपूर्ण हुँदै गएको र अभियानलाई अझ बढी गतिशील र उपलब्धीपूर्ण बनाउन सम्पूर्ण अभियन्ताहरुले कार्यक्षेत्रमा रहेर क्रियाशिल भई लाग्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

पार्टीका महासचिव लालबाबु राउतले बैठकको निर्णय कार्यान्वयनका लागि पार्टीको मातहत समितिलाई आइतबार परिपत्र जारी गरेका छन् ।

साथै स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले उम्मेदवारी दिएका क्षेत्रमा पार्टीलाई जिताउन सम्बन्धित क्षेत्रका नेता कार्यकर्तालाई सक्रियताका साथ परिचालित हुन आग्रह गरिएको प्रमुख बस्नेतले बताएका छन्।

प्रकाशित: १० मंसिर २०८१ ६:४६ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast