शिक्षा विधेयकमाथि छलफल गर्न तीन उपसमिति गठन गरिँदै, शिक्षामन्त्री भट्टराई भन्छिन् : ऐन चाँडै आउँछ

हिमाल प्रेस २९ कार्तिक २०८१ १६:४९
2.7k
SHARES
शिक्षा विधेयकमाथि छलफल गर्न तीन उपसमिति गठन गरिँदै, शिक्षामन्त्री भट्टराई भन्छिन् : ऐन चाँडै  आउँछ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक–२०८० लाई छिट्टै ऐनको रूपमा ल्याउने गरी उपसमिति बनाएर काम हुने बताएकी छन्। आज (कात्तिक २९ गते) शिक्षा पत्रकार समूहले राजधानीमा गरेको ‘शिक्षा बहस’ कार्यक्रममा शिक्षामन्त्री भट्टराईले छिट्टै शिक्षा ऐन जारी हुने बताइन्।

‘शिक्षा विधेयक आउँछ किनभने मैले तयारी गरेकी छु। शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक छ। समिति सभापतिले अब काम सुरु गर्छौं भन्ने प्रतिबद्धता जनाउनुभएको छ। दसैँ, तिहार, छठअगाडि ८ दिन संशोधनकर्ता सांसदहरूसँग छलफल गरिसकेका छौं। यसलाई निरन्तरता दिन्छौं। तीनवटा उपसमिति बनाएर विधेयकका विषयमा काम हुने सभापतिले भन्नुभएको छ,’ कार्यक्रममा भट्टराईले भनिन्।

संशोधनकर्ताहरूले दिएको विचारलाई छलफल गर्ने एउटा उपसमिति, सरोकारवालाहरूले दिएको सुझावलाई छलफल गर्ने उपसमिति र सबै खालको संवाद गर्ने अर्को उपसमिति गठन हुने कार्यक्रममा जानकारी दिइयो।

मन्त्री भट्टराईले भनिन्,‘यी तीन उपसमिति बनाएर काम गर्छौं भनेर सभापति (अम्मरबहादुर थापा) ले मलाई जानकारी दिनुभएको छ। समितिको कुरा र मन्त्रालयको कुरा सँगै राखेर हेरेरअगाडि जाने कुरा भएको छ।’

‘आजको शिक्षा प्रणाली कस्तो हुने भनेर समितिले सरकारलाई निर्देश गर्ने हो। मस्यौदामा के ठीक के बेठीक भन्दा पनि संशोधनकर्ताहरूले दिएको ‘यो शब्द राख्नु,यो झिक्नु’ भन्ने कुरामा मात्रै अडिक हुनु हुँदैन। समीक्षा गरेर अगाडि जानुपर्छ,’ सभापति थापाको भनाइ उद्दृत गर्दै मन्त्री भट्टराईले भनिन्। त्यसको तयारी उपसमितिमा पहिल्यै गर्ने र समिति ठोस निर्णयमा पुग्ने बताइएको छ। मन्त्री भट्टराईले पुनः भनिन्,‘एक हिसाबले भन्दा हामी सबै शिक्षा ऐन बनाउँछौं भन्ने प्रतिबद्धताका साथअगाडि बढेका छौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast