थाइल्यान्डविरुद्ध नेपालको अर्को जित

हिमाल प्रेस २५ कार्तिक २०८१ १८:३८
64
SHARES
थाइल्यान्डविरुद्ध नेपालको अर्को जित

काठमाडौँ- नेपालले आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ। जितसँगै चार खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय बेहोरेको थियो।

यता दोस्रो पराजय बेहोरेको थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ। यसअघि युएईसँग ७४ रनले पराजित थाइल्यान्डले कुवेतलाई २० रनले हराएको थियो। युएईको द सेभेन रंगशालामा नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै समेटियो। थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतोले एक विकेट लिए। त्यसअघि जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि साना प्रविनले ४६ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन्। यसैगरी सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए। पहिलो विकेटका लागि साना र सावित्रीले ८८ रनको साझेदारी गरेका थिए। थाइल्यान्डका लागि नाथरिका थोकोईले तीन, केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिए। अब नेपालले मंगलबार कुवेतको सामना गर्नेछ।

प्रकाशित: २५ कार्तिक २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =