पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई बोर्डले दियो मौका

हिमाल प्रेस २४ कार्तिक २०८१ १६:२२
1.4k
SHARES
पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई बोर्डले दियो मौका

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई मौका दिएको छ। बोर्डले कक्षा १२ मा अनुत्तीर्ण वा तोकिएको ग्रेड पाउन नसकेका विद्यार्थीलाई अन्तिमपटक मौका परीक्षा दिने भएको हो।

शुक्रबार सूचना जारी गर्दै बोर्डले कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अंकन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण–अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्ने) परीक्षार्थी (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएका) लाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेड प्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था भएको जनाएको छ।

परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीले (३५ दिन) मंसिर २७ गतेभित्र सम्बन्धित विद्यालयमार्फत बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम बुझाउनुपर्नेछ।

सम्बन्धित विद्यालय–क्याम्पसले आफ्ना विद्यार्थीले भरेको फाराम संकलन गरी रकम बुझाएको बैंक भौचर-डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण एवं अनलाइन इन्ट्रीको प्रिन्ट कपीसहित २०८१ साल पुस २ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनु पर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको रुपमा आवेदन फाराम भर्ने परीक्षार्थी (रजिष्ट्रेशन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम एवं ७६ वा सो भन्दा कम भएका) ले कक्षा ११ वा १२ वा दुबैमा आफू अनुत्तीर्ण वा तोकिएको ग्रेड (पुरानो ग्रेडिङ प्रणाली अनुसार डी र इ ग्रेड) प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ।

यस्तो छ सूचना

प्रकाशित: २४ कार्तिक २०८१ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast