अरुण लामाको निर्देशनमा ‘डोरी’ फिल्म बन्ने

हिमाल प्रेस १६ कार्तिक २०८१ १३:०३
24
SHARES
अरुण लामाको निर्देशनमा ‘डोरी’ फिल्म बन्ने

काठमाडौँ- जी सेवेन प्रोडक्सनको ब्यानरमा नेपाली फिल्म ‘डोरी’ को निर्माण घोषणा गरिएको छ। हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन्।

लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हो। निर्देशक लामाले ‘डोरी’ ले नेपाली फिल्म क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताएका छन्।

‘डोरी’ को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए। उनका अनुसार चलचित्रमा हासो, त्रास र संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।

फिल्मको मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नुतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ भने मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ।

प्रमुख भूमिका निभाउने मध्येका एक राज पौडेलले फिल्ममार्फत चलचित्र अभिनयमा डेब्यू गर्दैछन्।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने स्क्रिप्टलाई अझ प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन्।

यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्नेछन्। ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १६ कार्तिक २०८१ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast