आयोगले प्रकाशन गर्‍यो नौ विषयका शिक्षकको करार योग्यताक्रम [सूचीसहित]

हिमाल प्रेस ९ कार्तिक २०८१ १४:०९
904
SHARES
आयोगले प्रकाशन गर्‍यो नौ विषयका शिक्षकको करार योग्यताक्रम [सूचीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची प्रकाशन गरेको छ।

आयोगको कात्तिक २ गतेको निर्णयानुसार प्रदेशगत रूपमा प्रत्येक विषयको करार योग्यताक्रम सूची प्रकाशन गरिएको उपसचिव कृष्णप्रसाद ढुंगानाले बताए।

अंग्रेजी, नेपाली, संस्कृत व्याकरण, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, कम्युटर विज्ञान, विज्ञान, सामाजिक र गणित शिक्षकको करार योग्यताक्रम सूची प्रकाशन गरिएको हो।

अंग्रेजी करार शिक्षक कोशी प्रदेश ४६, मधेश प्रदेश ६, बागमती प्रदेश ३५, गण्डकी प्रदेश ३१, लुम्बिनी प्रदेश १०, कर्णाली प्रदेश १६ र सुदूरपश्चिम १९ रहेका छन्।

नेपाली करार शिक्षकतर्फ कोशी प्रदेश ४६, मधेश प्रदेश ८, बाग्मती १६, गण्डकी ४९, लुम्बिनी १०, कर्णाली १२ र सुदूरपश्चिम २ जना रहेका छन्।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) र (४) ले गरेको व्यवस्था अनुसार मावि करार योग्यताक्रम सूची प्रकाशन गरिएको हो।

 

हेर्नुहोस् नतिजा

प्रकाशित: ९ कार्तिक २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =