देशको समृद्धिका लागि संस्थाहरूको विकाससम्बन्धी अध्येता अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कार

हिमाल प्रेस २९ असोज २०८१ ७:५८
10
SHARES
देशको समृद्धिका लागि संस्थाहरूको विकाससम्बन्धी अध्येता अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कार

काठमाडौँ- अर्थशास्त्रतर्फ सन् २०२४ को नोबेल पुरस्कार अमेरिकाका तीनजना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने घोषणा पुरस्कार छनोट समितिले गरेको छ । पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिच्युटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

सन् २०१२ मा प्रकाशित डारोन एसिमोग्लु र जेम्स रोविन्सनको पुस्तक ‘ह्वाई नेसन्स फेल’ निकै लोकप्रिय छ। उनीहरूलाई यस वर्षको नोबेल पुरस्कार कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको कामका लागि पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ। उनीहरूले ‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन्’ भन्ने विषयमा गरेको अध्ययनका निमित्त पुरस्कार प्रदान गरिने पुरस्कार समितिले उल्लेख गरेको छ।

पुरस्कृत अर्थशास्त्रीहरूले मुख्यतया युरोपेली उपनिवेशको प्रभावलाई आधार बनाएर अध्ययन गरेका छन् र यसमा अपेक्षाकृत धनी देशहरूलाई गरिब बनाउने खालको प्रणाली विकासका कारण उनीहरूको आर्थिक अवस्था तहसनहस बनेको पाइएको छ।

प्रकाशित: २९ असोज २०८१ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =