दीप दर्पणको ‘एक्लो पृथ्वी एक्लो मान्छे’

हिमाल प्रेस १५ असोज २०८१ २०:४४
8
SHARES
दीप दर्पणको ‘एक्लो पृथ्वी एक्लो मान्छे’

काठमाडौँ- कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन गरिएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो।

प्रकाशक सांग्रिला बुक्स रहेको कविता संग्रहको कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योति जंगल र लेखक दीप दर्पणले सामूहिकरूपमा विमोचन गरे।

कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए।

समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरूमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए। उनले कविताले चित्रण गरेको विषयको गहिराइले पाठकको मन जित्ने बताए।

कवि ज्योति जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताए।

रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुचि राख्दथे। साहित्यमा विशेष रुचि रहेका उनले फुटकर कविताहरू सञ्चारमाध्यममार्फत् पाठकसामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो।

पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै उनले यसबाट आउने प्रतिक्रिया र सल्लाह सुझावअनुसार दोस्रो संग्रह पनि ल्याउने बताए।

कविता वाचन गर्नेहरू कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए।

कार्यक्रम सञ्चालन कवि प्रज्वल अधिकारीले गरेका थिए।

प्रकाशित: १५ असोज २०८१ २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =