सेयर बजार 
                                            काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ। नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ।
आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ। आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ। विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए। मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ।
                            प्रकाशित: १५ असोज  २०८१ १५:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             

