अर्थमन्त्री विष्णु पौडेल। तस्बिर : रासस
काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका भ्रमणमा जाने भएका छन्।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल अमेरिका जान लागेका हुन्।
उनको आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ।
वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ। उनको कात्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ।
प्रकाशित: ५ कार्तिक २०८१ २०:४१ | Monday, October 21, 2024
प्रतिक्रिया





औली जांदा देशमा बाढी पहिरो आयो अब के हुने हो ?