यातायात कार्यालयबाट बिचौलिया र नक्कली डाक्टरसहित १७ जना पक्राउ

हिमाल प्रेस ९ असोज २०८१ १६:५७
14
SHARES
यातायात कार्यालयबाट बिचौलिया र नक्कली डाक्टरसहित १७ जना पक्राउ

इटहरी- यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टरसहित १७ जनालाई बुधबार नियन्त्रणमा लिइएको हो।

सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता वेदराज फुयलले जानकारी दिए।

फुयलले जारी गरेको विज्ञप्तिमा यातायात व्यवस्था कार्यालय (सवारी) र सवारी तथा यातायात व्यवस्था कार्यालय इटहरी (सवारी चालक अनुमति पत्र) मा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको उल्लेख छ। सेवाग्राहीको गुनासो बढेपछि उनकै नेतृत्वमा अनुगमनसमेत गरिएको थियो।

पक्राउ पर्नेमा नक्कली डाक्टर, बिचौलिया र लेखापढी गर्नेहरू रहेको खुलेको छ। यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ।

नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।

प्रकाशित: ९ असोज २०८१ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =